बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
समाचार

विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित

मासिक ज्यालादारीमा नियुक्तको माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ साउन, २०८२ मा प्रकाशित
विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित
काठमाडौं, साउन १३ :

नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाईमा उनीहरु कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०८० साउन ३१ गतेको ९४९औं बैठकमा दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरिसकेको भएपनि उक्त निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । उक्त निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । संघर्ष समितिका सदस्य तथा हेलम्बु वितरण केन्द्रमा कार्यरत कर्मचारी गणेशप्रसाद खतिवडाले आफ्ना मागहरु सम्बोधन नभए आन्दोलन थप चर्कोउने चेतावनी दिए । 
निर्णय कार्यान्वयन गर्न नसकिने भए औपचारिक रूपमा खारेज गर्न गरेर आफूहरुलाई घर फर्काउनुपर्ने उनको माग छ । उनले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न समेत माग गरे ।

उनले भने, ‘९४९औं सञ्चालक समिति बैठकबाट भएको निर्णय किन कार्यान्वयन गरिएन ? यदि त्यो निर्णय सही थिएन भने किन गरियो । यदि सही थियो भने त्यो निर्णय किन कार्यान्वयन भएन ? त्यो निर्णय कार्यान्वयन गरेर हामीलाई नियुक्तिपत्रसहित उचित व्यवस्थापन गर्नुहोस् भन्ने हाम्रो माग हो । हिजो भएको सहमतिअनुसार प्राधिकरणको व्यवस्थापनले नियुक्तिपत्र दिन्छ भने भोलिदेखि हामी कार्यालयमा फर्किन पनि सक्छौं । नभए हामी वार कि पार युद्धमा भएको कारण यो निर्णय कार्यान्वयन हुनुपर्यो नभए यो निर्णय बोर्ड बैठकबाट खारेज गर्नुप¥यो । त्यसो निर्णय भभएको खण्डमा ज्यालादारी कर्मचारीहरु घर फर्क भन्ने हो । त्यसो भएको खण्डमा पनि हामीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरियोस् । यदि अब यो निर्णय कार्यान्वयन भएन भने हामी अनिश्चितकालीन धर्नामा बस्न पनि तयार छौं ।’

आफ्ना मागहरु पुरा नभएसम्म काम ठप्प पार्दै कालोपट्टीसहित अनिश्चितकालीन धर्नामा बस्ने उनको चेतावनी छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार