आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति प्रदेश मधेस प्रदेश कृषि भिडियो

सुक्खाग्रस्त क्षेत्रमा सिँचाइका लागि विद्युत् दर घटाइयो, अब प्रतियुनिट ३ रुपैयाँ

अबको एक महिनाभित्रै बोरिङ जडानको काम सक्ने लक्ष्यसहित तयारी तीव्र
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ साउन, २०८२ मा प्रकाशित
सुक्खाग्रस्त क्षेत्रमा सिँचाइका लागि विद्युत् दर घटाइयो, अब प्रतियुनिट ३ रुपैयाँ
काठमाडौं, साउन १३ :

सुक्खाग्रस्त क्षेत्रमा सिँचाईका लागि प्रयोग हुने बिजुलीको मूल्य घटाइएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार अब किसानले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र तिर्नुपर्नेछ।

उनले किसानको समस्या राष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि प्राधिकरण प्रतिबद्ध रहेको बताए। आठ रुपैयाँ पर्ने बिजुली किसानलाई मात्र तीन रुपैयाँमा उपलब्ध गराउने निर्णय गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका सुक्खाग्रस्त जिल्लामा तत्काल ५ सय बोरिङ खन्ने घोषणा गरेपछि निर्देशक शाक्य विद्युत आपूर्तिको अवस्था बुझ्न जनकपुरधाम पुगेका थिए।

चितवनको विद्युत आपूर्तिको स्थलगत अवलोकनपछि मधेस प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लामा प्राधिकरणका प्रमुखहरूसँग छलफल गरिएको शाक्यले जानकारी दिए।

उनका अनुसार सिँचाईका लागि आवश्यक बोरिङ कहाँ जाडिने हो भन्ने यकिन जानकारी सम्बन्धित निकायबाट प्राप्त हुन नसकेको छ। तर, डेढ महिनाभित्र सिँचाइ सुरु गर्नुपर्ने भएकाले तयारी तत्काल गर्न निर्देशन दिइएको छ।

बोरिङ जडानका लागि आवश्यक स्थान र पम्पको क्षमताबारे जानकारी दिन समेत सम्बन्धित निकायलाई आग्रह गरिएको छ। शाक्यका अनुसार अबको एक महिनाभित्रै बोरिङ जडानको काम सक्ने लक्ष्यसहित तयारी तीव्र पारिएको छ।

सिँचाइका लागि कहाँ र कसरी बोरिङ जडान गर्ने भन्ने विषयमा आफैं फिल्डमा खटिएर बुझ्न निर्देशन दिएको शाक्यले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार