
नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुदैछ । निर्वाचनको कार्यक्रम सुरु भईसकेको छ ।
संसदीय दलका नेता चयन गर्न आज बिहान १० देखि ११ बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २ देखि ३ बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचनका लागि हिजै नेपाली कांग्रेस बागमतीका सह-महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
आज दिउँसो २ देखि ३ बजेसम्म संसदीय दलको कार्यालय परिसरमा नै मतदान हुने निर्वाचन कार्यतालिका तय गरिएको छ ।
मतदाता नामावली प्रकाशन लगायतका काम सुरु भइसकेको छ । प्रदेशसभामा एउटा टिमबाट इन्द्र बानियाँ उठ्ने निश्चित भईसकेको छ भने अर्को टिमबाट को उठ्ने टुंगो भएको छैन ।
बहादुर सिंह लामा नै उठ्न सक्ने सम्भावना रहेको एक कांग्रेस नेताले बताए ।