मकवानपुर, साउन १४ :

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनका लागि नेता इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् ।

बानियाँको प्रस्तावकमा याङकिला शेर्पा रहेकी छन् भने समर्थकमा कृष्ण कुमार तामाङ रहेका छन् ।

मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती काँग्रेसमा दलको नेता चयनका लागि आज हेटौडामा मतदान हुँदैछ ।

निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम  ११ बजेभित्र सञ्चालन हुनेछ।

निर्वाचनका लागि हिजै नेपाली कांग्रेस बागमतीका सह-महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

आज  दिउँसो २ देखि ३ बजेसम्म संसदीय दलको कार्यालय परिसरमा नै मतदान हुने निर्वाचन कार्यतालिका तय गरिएको छ ।