
फाइल तस्विर ।
काठमाडौं, साउन १४ :
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।
सचिव दिनानाथ शर्माका अनुसार, बैठकले साउन १६ गते बस्ने स्थायी समिति बैठकको एजेन्डा तय गर्नेछ। साथै, पार्टी संगठन, बाँकी रहेको मध्यपहाडी अभियान, र आगामी महाधिवेशनका विषयमा पनि छलफल हुने उनले बताए।
बैठकमा उपमहासचिव जनार्दन शर्माले अघि सारेको ४ बुँदे प्रस्तावमाथि समेत छलफल हुने सम्भावना छ। जनार्दन शर्माले हालै पार्टी नेताहरूको सम्पत्ति छानबिनका लागि स्वतन्त्र निकाय गठन गर्नुपर्ने माग राख्दै विशेष अधिवेशनको मागसहित चार बुँदे प्रस्ताव पेस गरेका थिए।
साउन ६ गते पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उनले सार्वजनिक रूपमै नेताहरूको सम्पत्तिको पारदर्शिता सुनिश्चित गर्नुपर्ने बताएका थिए, जसले पार्टीभित्र मतभेद सिर्जना गरेको छ।