आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
खेलकुद

पल्सर स्पोर्टस अवार्डको प्रवर्द्धकमा पोखरा महानगरपालिका

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
पल्सर स्पोर्टस अवार्डको प्रवर्द्धकमा पोखरा महानगरपालिका
काठमाडौं, साउन १४ :

पहिलोपल्ट मोफसलमा आयोजना हुन लागेको नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करणमा पोखरा महानगरपालिका प्रवर्द्धकका रूपमा रहने भएको छ ।

२०६० सालदेखि आयोजना हुँदै आएको यो अवार्ड पहिलोपल्ट उपत्यकाबाहिर आयोजना हुने तयारीमा छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले यसअघि नै आगामी भदौ २९ गते पोखरामा यस संस्करण हुने बताएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच अवार्ड प्रवर्द्धनका लागि बुधबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्यले हस्ताक्षर गरे । पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारेर पोखरा इभेन्ट सेन्टरमा कार्यक्रम हुँदै छ ।

पोखरा महानगरपालिका मेयर आचार्यले अवार्डका लागि महानगरपालिकाले आर्थिक तथा नैतिक सहयोग गर्ने बताए । पोखरा देशकै ठुला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि योग्य सहर रहेको हुँदा प्रतिष्ठित खेलकुद अवार्ड यस ठाउँमा आयोजना गर्न प्रोत्साहित गरिएको उनको भनाइ छ ।

यसले पोखराको गरिमा र यहाँको खेलकुद क्षेत्रको परिचयलाई थप बलियो बनाउने मेयर आचार्यको विश्वास छ । पर्यटनको राजधानी पोखरामा प्रत्येक साता ठुला इभेन्टहरु हुने गरेको उल्लेख गर्दै मेयर आचार्यले पोखरालाई खेलकुद पर्यटनको पनि राजधानी बनाउने अभियानमा लागेको बताए ।

मञ्चका अध्यक्ष अधिकारीले काठमाडौंबाहिर अवार्ड समारोह गर्नु निकै चुनौतीपूर्ण रहे पनि अवार्डलाई देशव्यापी रूपमा आयोजना गर्ने चुनौती स्वीकार गरेको बताए ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड विश्वभरका खेल पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एसियाली खेलुकद पत्रकार महासंघ (एआईपीएस एसिया) को नियमित क्यालेन्डर इभेन्ट पनि हो ।

एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पोखरामा हुनुलाई आफूहरुले निकै उत्साहका साथ लिएको बताए ।

अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा समावेश छन् ।

उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले जनही पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँको दरले पुरस्कृत गरिने नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव अञ्जन खड्काले जानकारी गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार