मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति प्रदेश बागमती प्रदेश

नवनियुक्त ३ जना मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ साउन, २०८२ मा प्रकाशित
नवनियुक्त ३ जना मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै
मकवानपुर, साउन १५ :

बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ ।

कांग्रेसका नवनियुक्त ३ जना मन्त्रीको आज दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम हुने भएको हो ।

हिजो सत्ता साझेदार दल एमालेले रोकेपछि कांग्रेसका नवनियुक्त मन्त्रीको शपथ ग्रहण रोकिएको थियो । प्रदेश प्रमुख कार्यालयले पनि सार्वजनिक सूचना जारी गरेको छ ।

मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरेर हिजै  बिहान ९ बजे सपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

उनले धादिङका गोविन्द लम्साल,चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई  मन्त्री बनाएका थिए ।

मुख्यमन्त्री लामाले मन्त्री नियुक्त गरेका लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय,श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय सहित प्रदेश प्रमुख समक्ष पत्राचार गरिसकेका छन् ।

सत्तासाझेदार दल कांग्रेसको आन्तरिक विवाद भईरहेको  र संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले हिजो एमालेले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो ।

मन्त्रीको नियुक्तिको पत्रसहित प्रदेश प्रमुख कार्यालय पुगेका मुख्यमन्त्री लामालाई तत्काल उक्त काम नगर्न एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले रोकेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार