काठमाण्डौं, भदौ २९ :
बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त हुनुभएका दिपक लामाले पदभार ग्रहण गर्नुभएको छ ।
हेटौडास्थित परिषद्को कार्यालयमा लामाले आज पदभार ग्रहण गर्नुभएको हो ।
सो अवसरमा वाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले लामालाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार उहा सदस्य सचिवमा नियुक्त हुनुभएको हो । लामा उसुका अन्तराष्ट्रिय रेफ्री तथा नेटबल संघका महासचिव हुनुहन्छ ।