बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार खेलकुद क्रिकेट

सन् २०२६ को आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा हुने

प्रतियोगिताको तालिका आईसीसीले पछि सार्वजनिक गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ साउन, २०८२ मा प्रकाशित
सन् २०२६ को आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा हुने
काठमाडौं, साउन १५ :

नेपालमा सन् २०२६ को आईसीसी महिला टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म सञ्चालन हुनेछ।

यो प्रतियोगिता हालसम्म नेपालले आयोजना गर्न लागेको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हो। छनोट खेलमा १० टोली सहभागी हुनेछन् । जसबाट शीर्ष ४ टोलीले इंग्ल्यान्ड र वेल्समा हुने टी-२० विश्वकप २०२६ मा स्थान बनाउनेछन्।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि ‘सुपर सिक्स’ र अन्त्यमा फाइनल खेल हुनेछ। प्रतियोगिताको तालिका आईसीसीले पछि सार्वजनिक गर्ने जनाएको छ।

बंगलादेश र आयरल्यान्डले २०२४ को विश्वकपमा खेलेको आधारमा स्वतः छनोट भइसकेका छन्। एसिया क्षेत्रबाट नेपाल र थाइल्यान्ड, अमेरिका क्षेत्रबाट अमेरिका छनोट भइसकेका छन्। बाँकी ५ स्थान अफ्रिका र युरोपबाट दुई-दुई तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीले पाउनेछन् ।

-तस्बिर : क्यान

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार