काठमाडौं, साउन १५ :

संघीय संसद् सचिवालयका उपसचिव कान्छा दुलाल सहसचिव पदमा बढुवा भएका छन् ।

संघीय संसद् सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्गित प्रथम श्रेणीको सहसचिव पदमा रिक्त रहेको स्थानमा बढुवा समितिले २०८२ असार ११ गते दुलाललाई बढुवा सिफारिस गरेको थियो ।

संघीय संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले बिहीबार दुलाललाई बढुवा नियुक्तिको पत्र दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

दुलाल ३४ वर्षदेखि संघीय संसद् सचिवालयमा कार्यरत छन् । उनले हालसम्म सचिवालयका विभिन्न महत्त्वपूर्ण महाशाखामा रहेर काम गरेका छन् । दुलाल हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिवको जिम्मेवारीमा छन् ।