सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ साउन, २०८२ मा प्रकाशित
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
धनगढी, साउन १५ :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त पाएका हुन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३० जना प्रदेशसभा सदस्यले मत दिए । नेपाली कांग्रेसबाट १८, नेकपा (एमाले) का ११ जना र प्रतिपक्षी दल नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा गरी १५ जनाले प्रस्तावको विपक्षमा मत दिएका थिए । नागरिक उन्मुक्ति पार्टीका ६ जना प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए ।

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले एकै कार्यकालमा  तेस्रो पटक विश्वासको मत लिएका हुन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार