
गुन्डानाइके चक्रे मिलन भन्ने मिलन गुरुङसहित १९ जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
बिहीबार राति पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले बाँकी २८ जनालाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जनाए ।
चक्रे मिलनसहित १९ जनालाई ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको हो ।
अभद्र व्यवहारमा यी १९ जना हिरासतमै
चक्रे मिलनसँगै गणेशबहादुर बोगटी, नीराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेललाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यस्तै हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेकामा ऋतिक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश कटेल, राजु परियार र सफल शाही छन् । यी १९ जनालाई नै अभद्र व्यवहारमा प्रहरीले अदालतबाट म्याद लिएको हो ।
चक्रे मिलनसहितले सामाजिक सञ्जालमा सर्वसाधारणलाई आतंकित बनाउने ढंगका पोस्ट गरेको, अभद्र व्यवहार गरेको पाइएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको हो ।