सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

बाढी र पहिरोका कारण देशका पाँच राजमार्ग अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ साउन, २०८२ मा प्रकाशित
बाढी र पहिरोका कारण देशका पाँच राजमार्ग अवरुद्ध
फाइल फोटो ।
काठमाडाैं, साउन १७ :

बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहानसार्वजनिक गरेको विवरणअनुसार देशका ५ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । 

प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका–२, ३ मा पर्ने पासाङल्हामु सडक खण्ड र उत्तरगया गाउँपालिका–५ गल्छी–त्रिशूलीदेखि मैलुङ–स्याफ्रु पूर्णरूपमा बन्द भएको छ ।

त्यस्तै, रुकुम पश्चिममा बाढीका कारण आठबिसकोट नगरपालिका६ स्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । सात स्थानमा भने एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार