नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताएका छन् । महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने बताए ।
रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को थालनी गर्दै उनले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने धारणा राखे ।
महासचिव पोखरेलले नेपाल भित्रिने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेका बताए ।
‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक बनाउन सकिने उनको भनाइ छ ।
‘अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी, गुजारामुखी ढाँचाको रहेको छ । औद्योगिक क्षेत्र पनि कर्पोरेट कल्चरमा ढालिएकै छैन, ’ उनले भने, ‘कम्पनी साँच्चै पब्लिक बन्न सकेका छैनन् ।’
महासचिव पोखरेलले नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक नभएको दाबी गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ : गगन थापा
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ : महासचिव पोखरेल
‘संसद्भित्र खुलामञ्च चाहिएको छ,प्रधानमन्त्रीले जनताका कुरा नसुनेसम्म खुला रहँदैन’
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउनेछौँ : विश्वप्रकाश शर्मा
थप समाचार
रविको व्यङ्ग्यात्मक टिप्पणी : कांग्रेसले निष्ठालाई महत्व दिएको भए मै पनि कांग्रेस हुन्थेँ
सभापति थापाले भने- बीपी र गणेशमानको आत्मा यही छ,तर उहाँका छोराहरु कहाँ छन् थाहा छैन
बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ : गगन थापा