मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार खेलकुद

प्रिन्सको दोस्रो हार

· मंगलबार, १६ साउन, २०८१ मा प्रकाशित
प्रिन्सको दोस्रो हार

पेरिस,साउन १५: प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा पराजित भएका छन्। 
फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा आज भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरेका हुन् ।
गुएनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो। पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चे।
प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोस्रो सेटमा ४ अंक जोडेका थिए। आफूनो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक बटुलेका थिए। गुएनको ओलम्पिकमा यो लगातार दोस्रो सहभागिता  हो। उनले टोकियो ओलम्पिक २०२० पनि खेलेका थिए।
विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो। समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा चुकेका थिए।
समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८ औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसंग भोलि प्रतिस्पर्धा गर्नेछन्। कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित चार खेलाडी रहेका छन्।
ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार