काठमाडौं, साउन १९ :

 नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सकिदैछ । आजको बैठक ११ बजेबाट सुरु हुदैछ ।

पार्टी केन्द्रीय कार्यालयमा पेरिस डाँडामा शुक्रबारदेखि जारी बैठक अध्यक्ष प्रचण्डले जवाफ दिएर आज सकिने जनाईएको छ ।  

अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ-आफ्नो धारणा राख्ने बताईएको छ । 

बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् ।