
काठमाडौै, असोज ९ :
अविरल वर्षाले पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा काठमाडौंसँगको आवतजावत ठप्प भएको छ । पहिरोले पृथ्वी राजमार्ग, बीपी राजमार्ग लगायतका मुख्य राजमार्गमा अवरुद्ध हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको छ ।
उपत्यकाबाट बाहिरिने सवारी साधन बल्खु, कलंकी, नागढुंगालगायतका क्षेत्रमा रोकिएका छन् भने उपत्यकाभित्रिने सवारीसाधन कृष्णभिरभन्दा परै रोकिएका छन् । राजमार्गमा सवारीसाधनको लामो लाइन लागेको छ ।
सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै हिजो राति ८ बजेदेखि आज बिहान ५ बजेसम्म सवारीसाधन पूर्णरुपमा निषेध गरिएको थियो । तोकिएको समयपछि गन्तव्यतर्फ लाग्न ठिक्क परेका सवारीसाधन पहिरोको मारमा परेका हुन् । पहिरोका कारण तत्काल पृथ्वी राजमार्गमा गाडी चल्न सक्ने अवस्था छैन , जसले गर्दा यात्रुहरुको बिचल्लीमा परेका छन् ।