बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी #दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी
समाचार

विदेशमा गएका महिला श्रमिकको मृत्युपछि संकटमा परिवार, राज्य उदासीन

राज्यको गैरजिम्मेवारी र संवेदनहीनताको कारण वैदेशिक रोजगारीमा घरेलु कामदारको रुपमा गएका महिलाको मृत्यु भएपछि उनीहरुको परिवार संकटमा पर्ने गरेको देखाएको हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
विदेशमा गएका महिला श्रमिकको मृत्युपछि संकटमा परिवार, राज्य उदासीन
काठमाडौं, साउन १९ :

वैदेशिक रोजगारीमा गएका नेपाली घरेलु महिला श्रमिकको मृत्युपछि उनीहरूका परिवार सामाजिक, मानसिक र आर्थिक संकटमा परेको एक प्रतिवेदनले देखाएको छ ।

महिला पुनःस्थापना केन्द्रले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले राज्यको गैरजिम्मेवारी र संवेदनहीनताको कारण वैदेशिक रोजगारीमा घरेलु कामदारको रुपमा गएका महिलाको मृत्यु भएपछि उनीहरुको परिवार संकटमा पर्ने गरेको देखाएको हो ।

१७ वटा घटनामा गरिएको अध्ययनले महिला श्रमिकको मृत्युमा राज्यको उपस्थिति नगन्य रहेको उल्लेख गरिएको छ । मृतक महिला श्रमिकको शव नेपाल ल्याउन समय लाग्ने, खर्चिलो प्रक्रिया र नेपाली दूतावासहरूको सीमित सहयोग मात्रै पाइने गरेको उनीहरुका परिवारले गुनासो गरेका छन् ।

प्रतिवेदनअनुसार वैदेशिक रोजगारीको सिलसिलामा महिला श्रमिकको मृत्यु भएपछि साना बालबालिका र अभिभावक गम्भीर मानसिक समस्याबाट पीडित हुने गरेका छन् । राज्यले सहयोग नगर्दा वैदेशिक रोजगारीका लागि लिएको उच्च ब्याजको ऋण तिर्न नसक्दा परिवारहरू घरजग्गा बेच्न, बसोबास छाड्न बाध्य भएका छन् ।

अनौपचारिक माध्यमबाट गएकी महिलाको मृत्यु भएको खण्डमा, परिवारले सामाजिक लाञ्छना र बहिष्कारसमेत भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ । अनौपचारिक च्यानलमार्फत गएका महिलाहरूको मृत्युपछि शव ल्याउने प्रक्रिया अत्यन्त जटिल र अपारदर्शी रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक श्रम बजारमा महिलाको योगदानलाई राज्यले औपचारिक मान्यता नदिने प्रवृत्तिले मृत्युपछि अवस्था झन् संवेदनशील बनाएको महिला पुन:स्थापना केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । वैदेशिक रोजगारीमा जाने महिला घरेलु श्रमिकहरुको सुरक्षाको लागि गतव्य मुलुकहरुमा सुरक्षा प्रणालीको सुदृढीकरण गर्नुका साथै सेवामूलक श्रमलाई कानुनी मान्यता दिन आवश्यक पर्ने कानुन निर्माणमा जुट्न पुन:स्थापना केन्द्रले सुझाव दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार