मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना #स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना
राजनीति प्रदेश बागमती प्रदेश

सहकारीका बचतकर्ताले गृहमन्त्रीलाई भेटे, जीबी राईलाई तत्काल पक्राउ गर्न माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
सहकारीका बचतकर्ताले गृहमन्त्रीलाई भेटे, जीबी राईलाई तत्काल पक्राउ गर्न माग
काठमाडौं, साउन १९ :

सहकारीका पीडित बचतकर्ताहरूले  गृहमन्त्री रमेश लेखकलाई भेटेर सहकारीको रकम अपचलन गरेर फरार रहेका गीतेन्द्रबहादुर राई(जीबी) राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

बचत रकम हिनामिना गरी फरार भएका जीबी राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न र पीडित बचतकर्ताहरूले पैसा फिर्ता पाउने वातावरण बनाइनुपर्नेमा जोडदिए। उनीहरुको कुरा सुनेपछि गृहमन्त्रीले फरार रहेकालाई पक्राउ गर्ने काम प्रक्रियामै रहेको भन्दै सहकारी मन्त्रीलाई फोन गरेर बचत फिर्ता हुने वातावरण तत्काल मिलाउन पनि अनुरोध गरे ।

साहारा चितवन बहुउद्देश्यीय सहकारीका पीडित बचतकर्ताहरूले गठन गरेको संघर्ष समितिका संयोजक शालिकराम दुवाडी नेतृत्वको पीडित बचतकर्ताहरूले सोमबार नै महान्यायाधिवक्तालाई पनि भेटेका छन्।उनीहरुले प्रधानमन्त्री कार्यालयमा पनि निवेदन दर्ता गराएका छन्।

जीबी राई संस्थापक तथा सञ्चालक रहेको भरतपुरस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थासहित पाँच सहकारीका बचतकर्ताहरूले आइतबार पनि काठमाडौंमा सहकारीसम्बन्धी विभिन्न निकायका पदाधिकारीहरूलाई भेटेर आफ्नो माग राखेका थिए।

साहारा सहकारीमा जीबी राईसहित ३८ जनालाई प्रतिवादी बनाए पनि हालसम्म दुईजना मात्रै पक्राउ परेका छन् भने जीबीसहित अन्य फरार रहेका हुँदा सबैलाई पक्राउ गर्न उनीहरूले माग गरेका हुन्। विदेशमा रहेका राईविरुद्ध इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी भएको लामो समय भए पनि उनी पक्राउ पर्न सकेका छैनन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार