
रुपन्देही-३ मा हुने उपचुनावमा रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन्। रास्वपाले बिहीबार फेसबुक पेजबाट आवेदकहरूको सूची सार्वजनिक गरेको हो।
आवेदन दिनेहरुमा लेखजंग थापा,सुलव खरेल, जितबहादुर गुप्ता, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, कुसुम महर्जन, रचना क्षेत्री,मधुप्रसाद अर्याल र पुनम कुमारी अग्रवाल रहेका छन्। महर्जनबाहेक सबै रुपन्देहीकै हुन्। उम्मेदवारीमाथि दावीविरोध गर्न सकिने रास्वपाले जनाएको छ।
भोलि बिहान १० बजेदेखि पर्सि साँझ ५ बजेसम्म उम्मेदवारीमाथि दावीविरोध गर्न समय निर्धारण गरिएको छ । रास्वपाले आवेदन दिएकाहरूमध्यबाट उम्मेदवार छान्न प्रारम्भिक निर्वाचन गर्ने भएको छ।
दीपक बोहराको निधन भएपछि त्यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यसपटक राप्रपाबाट दीपक बोहराका छोरा प्रज्ज्वल बोहरा उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । अन्य दलहरुले भने नाम सार्वजनिक गरी सकेका छैनन् ।