सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा, भदौ दोस्रो सातादेखि चरणबद्ध कार्यक्रम अघि बढाइने

तोकिएको समयभित्र विद्यालय शिक्षा ऐन जारी नगरेपछि महासंघ आन्दोलन गर्न बाध्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ साउन, २०८२ मा प्रकाशित
शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा, भदौ दोस्रो सातादेखि चरणबद्ध कार्यक्रम अघि बढाइने
फाइल तस्विर ।
काठमाडौं, साउन २२ :

नेपाल शिक्षक महासंघले भदौको दोस्रो साताबाट पुनः आन्दोलन सुरु गर्ने निर्णय गरेको छ। सरकारले तोकिएको समयभित्र विद्यालय शिक्षा ऐन जारी नगरेपछि बिहीबार बसेको महासंघको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनका कार्यक्रम तय गर्न आन्दोलन परिचालन समितिले खाका तयार गर्नेछ र राष्ट्रिय समितिले त्यसलाई पारित गर्नेछ। यसअघि, आगामी भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाइएको छ।

शिक्षा समितिमा हाल विधेयकमाथि के भइरहेको छ भन्ने जानकारी नपाएको बताउँदै सुवेदीले विधेयक प्रतिनिधिसभामा दर्ता भएपछि मात्र त्यसको विषयवस्तुको मूल्याङ्कन गरिने बताए। यसअघि, महासंघले गत चैत २० गतेदेखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार