काठमाडौं, साउन २३ :

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता भोलि (शनिबार) हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १६ डोजाङका दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख एवं तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । प्रतियोगितामा विभिन्न ३५ स्पर्धामा खेल हुनेछ ।

प्रतियोगितामा नयाँदेखि ब्ल्याकबेल्टसम्मका खेलाडीको सहभागिता रहनेछ । अधिकांश निर्णायक पनि नयाँ राखिनेछ । प्रतियोगिताको मुख्य उद्देश्य प्रतियोगितासँगै नयाँ खेलाडी र निर्णायकलाई तेक्वान्दोबारे व्यवहारिक रुपमा अझ विस्तृत जानकारी गराउनु रहेको प्रमुख श्रेष्ठले बताए ।

एकदिने प्रतियोगिताका खेलहरु पेप्सीकोलाको यतीटोलस्थित आयोजक डोजाङको आफ्नै हलमा दुई एरिनामा खेलाइनेछ । खेल शनिबार बिहान ७ बजेदेखि सुरु हुनेछ ।