आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति प्रदेश बागमती प्रदेश

सहमति कार्यान्वयन नभए सामूहिक राजीनामा दिने लामा समूहका सांसदको चेतावनी

तीन मन्त्री पद नदिए विश्वासको मत नदिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ साउन, २०८२ मा प्रकाशित
सहमति कार्यान्वयन नभए सामूहिक राजीनामा दिने लामा समूहका सांसदको चेतावनी
हेटौंडा, साउन २४ :

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहका सांसदहरूले सहमति कार्यान्वयन नभएको भन्दै प्रदेशसभा सदस्य पदबाट सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। उनीहरूले तीन मन्त्री पद नदिए मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने पनि चेतावनी दिएका हुन्।

लामा समूहका अनुसार, यही साउन १७ गते कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा बानियाँले तीन मन्त्री दिने सहमति गरेका थिए। तर, मुख्यमन्त्री बनेपछि उनले लामा निकटका धादिङका गोविन्द लम्साल, चितवनकी गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा पुनः नियुक्त नगरेको आरोप लगाइएको छ।

मुख्यमन्त्री बानियाँले शुक्रबार आफ्नै पक्षका कञ्चनचन्द्र बादेललाई सचेतक र मीनकृष्ण महर्जनलाई संसदीय दलको कार्यालय सदस्य सचिवमा नियुक्त गरेका छन्। लामा समूहका सांसदहरूलाई मन्त्री पददेखि दलको जिम्मेवारीमा समेत अवसर नदिएको भन्दै उनीहरू आक्रोशित छन्।

लामाले भने, ‘मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरे हामीलाई पेलेर जान खोज्नु भयो। त्यस अवस्थामा हामी सांसद पदबाटै राजीनामा दिन पछि पर्दैनौं।’

बागमतीमा यसअघि कांग्रेसभित्रको विवादकै कारण सरकार परिवर्तन भएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार