बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति सुदूरपश्चिम प्रदेश

कैलाली कारागारभित्र भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ साउन, २०८२ मा प्रकाशित
कैलाली कारागारभित्र भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
कैलाली, साउन २४ :

कैलाली कारागारमा भएको घटनाबारे छानबिन गर्न समिति बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

त्यस समितिमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेका छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।

कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा, सुरक्षाकर्मी बाहिरै

शुक्रबार राति कारागारमा दुई पक्षबीच झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यसैबीच सोही घटनाबारे गृहमन्त्री रशेम लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार