
फाइल फोटो ।
भारतको उत्तराखण्डमा आरिघोप्टे वर्षापछिको बाढीमा परेका १३ नेपालीको उद्धार गरिएको छ। उनीहरूको शुक्रबार र शनिबार उद्धार गरिएको दूतावासले जनाएको छ।
भारतस्थित नेपाली दूतावासका अनुसार हराइरहेकाहरूको सूची उत्तराखण्ड स्थानीय प्रशासनलाई उपलब्ध गराइएकोमा १३ जना जीवितै रहेको पाइएको हो।
उद्धार गरिएकाहरुमा बीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह, गंगा, दिनेश, सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राज बहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही रहेका छन्।
उद्धार गरिएका प्रशंसा शाह, कोमल शाह र रमन शाह कालीकोटका एकै परिवारका सदस्य हुन्।
मजदूरीका लागि त्यहाँ पुगेका जाजरकोट र धादिङका अझै केही नेपाली बाढीमा परेर बेपत्ता भएका छन् । कतिपय आफन्तले त फेला पार्न सक्ने अवस्था नरहेको भन्दै आस मारेका छन् ।
साउन २० गते अचानक आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको थियो भने करिब एक सय जना बेपत्ता भएका छन् ।