बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
समाचार

उत्तराखण्डको आरिघोप्टे बाढीमा परेका १३ नेपालीको उद्धार [नामसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ साउन, २०८२ मा प्रकाशित
उत्तराखण्डको आरिघोप्टे बाढीमा परेका १३ नेपालीको उद्धार [नामसहित]
फाइल फोटो ।
काठमाडाैं, साउन २४ :

भारतको उत्तराखण्डमा आरिघोप्टे वर्षापछिको बाढीमा परेका १३ नेपालीको उद्धार गरिएको छ। उनीहरूको शुक्रबार र शनिबार उद्धार गरिएको दूतावासले जनाएको छ।

भारतस्थित नेपाली दूतावासका अनुसार हराइरहेकाहरूको सूची उत्तराखण्ड स्थानीय प्रशासनलाई उपलब्ध गराइएकोमा १३ जना जीवितै रहेको पाइएको हो।

उद्धार गरिएकाहरुमा बीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह, गंगा, दिनेश, सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राज बहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही रहेका छन्।

 उद्धार गरिएका प्रशंसा शाह, कोमल शाह र रमन शाह कालीकोटका एकै परिवारका सदस्य हुन्।

मजदूरीका लागि त्यहाँ पुगेका जाजरकोट र धादिङका अझै केही नेपाली बाढीमा परेर बेपत्ता भएका छन् । कतिपय आफन्तले त फेला पार्न सक्ने अवस्था नरहेको भन्दै आस मारेका छन् ।

साउन २० गते अचानक आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको थियो भने करिब एक सय जना बेपत्ता भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार