
काठमाडौं, साउन २५ :
नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति एवं उपाध्यक्ष नन्दबहादुर पुनलाई आर्थिक उत्पादन विभागको जिम्मेवारी दिएको छ।
माओवादी केन्द्रको साउन १६-१९ गतेसम्म बसेको स्थायी समिति बैठकले उनलाई विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। पुनको सिफारिसको आधारमा उक्त विभागको उपप्रमुख र सदस्यहरू तोकिने छ ।
त्यस्तै माओवादीले पार्टी कमिटीहरुलाई ‘एक कमिटी एक, उत्पादन इकाई’ को रुपमा श्रम तथा उत्पादन अभियानसँग जोड्ने समेत निर्णय गरेको छ।
उता नेकपा एमालेले भने सक्रिय भई राजनीतिक गर्ने चाहना राखेकी पूर्वराष्ट्रपति विद्या भण्डारीका लागि भने सबै ढोका बन्द गरेको छ । एमालेमै रहेर राजनीतिक गर्ने भनेपछि पार्टीभित्र खैलाबैला भएको छ । पार्टीको निर्णयबाट उनी अलमलमा परेकी छिन् ।