गान्सु प्रान्त, साउन २५ :

चीनको उत्तरपश्चिमी गान्सु प्रान्तको युजोंग काउन्टीमा आएको आकस्मिक बाढीमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति बेपत्ता भएका छन्। स्थानीय अधिकारीका अनुसार बेपत्ता भएका मानिसहरूको खोजी तथा उद्धारका लागि व्यापक प्रयास भइरहेको छ।

राष्ट्रपति सी जिनपिङले सबै सरकारी निकायलाई उद्धार कार्यमा पूर्ण क्षमतासहित खटिन निर्देशन दिएका छन्।आकाशबाट खिचिएको दृश्यमा क्षेत्रका धेरै भागमा व्यापक क्षति भएको देखिन्छ। बाढीका कारण सडक, घर तथा पूर्वाधारमा ठूलो नोक्सानी पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

यसअघि पनि गान्सु प्रान्तका पहाडी तथा नदी किनारका क्षेत्रमा वर्षात्को समयमा यस्ता आकस्मिक बाढीको जोखिम उच्च हुने गरेको बताइन्छ।