बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ साउन, २०८२ मा प्रकाशित
विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान
काठमाडौं, साउन २६ :

हमासले बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलस्वरुप उनका आमा र बहिनी सोमबार इजरायल प्रस्थान गरेका छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आमा पदमा जोशी र बहिनी पुष्पा जोशी फ्लाई दुबईको विमान चढेर इजरायतर्फ लागेका हुन् ।

विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रममार्फत इजरायल गएका हुन् । उनी २०८० असोज २० देखि परिवारको सम्पर्कमा छैनन् । इजरायल-हमास युद्ध सुरुको भएको केही समयपछि इजरायली सुरक्षा फौज आईडीएफले बन्धक विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो ।

त्यसयता विपिनबारे कुनै जानकारी आएको छैन । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ०८० भदौ अन्तिम साता इजरायल गएका थिए । हमासको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

उनको उद्धारका लागि परिवारले राष्ट्रपति, प्रधानमन्त्री, नेपालका लागि इजरायली राजदूतसहित उच्चपदस्थ व्यक्तिलाई भेटिसकेका छन् । विपिनको खोजीका लागि सरकारले पहल गरिरहेको दाबी गरे पनि हालसम्म उनको अवस्था अज्ञात छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार