ताप्लेजुङ, भदौ ३१ :

ताप्लेजुङको खेजेनिममा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

गएराति १२ बजेर ८ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा महसुस गरिएको जनाइएको छ ।