काठमाडौं, साउन २६ :

नेपालले युक्रेन र सर्बियासँग भिसा फ्रि प्रवेशको व्यवस्था गर्ने सम्झौता गरेको छ । 

सम्झौतापछि  एक-अर्काको देशमा भिसाबिना प्रवेश गर्न सक्ने सुविधा मिल्नेछ ।  तर, यस्तो सुविधा कूटनीतिक, सरकारी तथा सेवा प्रयोजनका लागि प्रयोग हुने राहदानीवाहकलाई मात्रै हुने जनाइएको छ ।

यो सम्झौता कार्यान्वयनमा आएपछि तीन मुलुकबीच उच्चस्तरीय भ्रमण, सरकारी कार्य तथा सेवासम्बन्धी यात्रामा सहजता हुने अपेक्षा गरिएको छ । उनीहरूले ९० दिनसम्म यात्रा गर्न सक्नेछन् ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका तर्फबाट परराष्ट्रमन्त्री आन्द्री साइबिबा र सर्बियाका तर्फबाट मार्को जुरिकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुमोदनका लागि संघीय संसद्‌मा दर्ता गरिएको छ । संव‌ैधानिक व्यवस्थाअनुसार सम्झौताबारे संसद्लाई जानकारी गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।