
काठमाडौं, साउन २६ :
काजकिस्ताको अस्तानामा हुने काजकिस्तान खुला तेक्वान्दो प्रतियोगिता (जी-१) मा निर्णायकको भूमिका निर्वाह गर्न २ अन्तर्राष्ट्रिय निर्णायक सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
अगस्त १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा विक्रम खड्गी र विकेश बिडारीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । दुवैलाई एसियाली तेक्वान्दो युनियन (एटीयू) बाट छनोट भएको बताइएको छ ।
खड्गी र बिडारी काठमाडौं जिल्ला तेक्वान्दो संघका क्रमशः अध्यक्ष र उपाध्यक्ष हुन् । खड्गी तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारीमा पनि छन् ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य-सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।