
काठमाडौं, साउन २७ :
राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । पाँचथर फालेलुङ गाउँपालिका ३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौंमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुलेका छन् ।
तत्कालीन भौतिक पूर्वाधार तथा यात्रायातामन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईले पत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेका छन् ।