सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

तोलामा एक सयले घट्यो सुनको मूल्य

· मंगलबार, १६ साउन, २०८१ मा प्रकाशित
तोलामा  एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ, साउन १५:  स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज रु एक लाख ४५ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ४० निर्धारण भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार