आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

अनिल झाले किन छाडे लोसपा ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
अनिल झाले किन छाडे लोसपा ?
काठमाडौं, साउन २७ :

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् । लोसपामा निष्क्रिय रहेका झाले दिएको राजीनामा पार्टी अध्यक्ष महन्थ ठाकुरले स्वीकृत गरेका छन् ।

झाले किन राजीनामा दिए भन्ने बारेमा भने खुलाइएको छैन । तर उनी पार्टीको बैठकमा सहभागी हुन केही महिनाअघि देखि नै छाडिसकेको बताइएको छ ।

२०७४ सालको चुनावमा रौतहट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित झा २०७९ को चुनावमा भने पराजित भएका थिए । ०७४ को निर्वाचनमा विजयी भएपछि उनी राजनीतिमा निकै सक्रिय थिए । ०७९ मा पराजय भएसँगै राजनीतिमा निष्क्रिय रहँदै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार