शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश

कैदीको मृत्युले वीरगन्जमा तनाव

नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि मृतकका आफन्तजनको प्रदर्शन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
कैदीको मृत्युले वीरगन्जमा तनाव
वीरगन्ज, साउन २७ :

पर्सा कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् ।  २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

मंगलबार बिहान एक्कासी बेहोस भएका साहको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रोशित आफन्तजनले भने  कारागार प्रशासनको लापरबाहीले राहुलको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुको घटनाको सत्यतथ्य अनुसन्धान गर्न समेत माग गरेका छन् ।

अहिले स्थानीय प्रशासनको रोहवरमा मृतकका आफन्तसँग वार्ताको तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार