
काठमाण्डौँ , भदौ ३१ :
नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास सुरु हुदै छ ।
विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले भदौ २० देखि असोज २ सम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाले जनाएको छ ।
काठमाडौँ, मकवानपुर र धादिङ जिल्लामा सैन्य अभ्यासहरू सञ्चालन हुने जनाइएको छ ।
सन् २०१२ देखि सुरु भएको नेपाली र अमेरिकी सेनाबीचको यो अभ्यास चौथो संस्करण हो ।