काठमाडौं, साउन २८ :

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने जनाइएको छ ।

तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किएका हुन् । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दै छ ।