बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

कैलाली कारागार घटनाबारे छानबिन गर्न समिति गठन

गृहमन्त्रीले भने- प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाही हुन्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ साउन, २०८२ मा प्रकाशित
कैलाली कारागार घटनाबारे छानबिन गर्न समिति गठन
कैलाली, साउन २८ :

कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गृहमन्त्री रमेश लेखकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनाइएको बताए।  

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यसबारेमा जानकारी दिएका हुन्। समितिले तोकिएको अवधिभित्र प्रतिवेदन पेस गर्ने र सो प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाहीसहित आवश्यक कार्य हुने पनि उनले स्पष्ट पारे।

साउन २२ गते राति भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएका थिए। तीमध्ये अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइएको छ । दुई जनाको उपचार ट्रमा सेन्टरमा र एक जनाको त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।

दुई ब्लक छुट्याउने पर्खाल तोडफोड गरी कैदीबन्दीहरूले ब्लक ‘बी’ मा पुगेर त्यहाँका बन्दीलाई कुटपिट गरेका थिए। घटनामा संलग्न समूहका १७ जना नेतृत्वकर्तालाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार