आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

निकिताले भनिन्- रविमाथि अन्याय भयो, अन्तर्राष्ट्रिय अदालत जान्छु

न्यायाधीशहरूलाई प्रधानमन्त्री, कानुनमन्त्री, गृहमन्त्रीबाट सिधा फोन जान्छ भन्ने कुरा पहिले विश्वास लाग्दैन थियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ साउन, २०८२ मा प्रकाशित
निकिताले भनिन्- रविमाथि अन्याय भयो, अन्तर्राष्ट्रिय अदालत जान्छु
काठमाडौं, साउन २८ :

रास्वपाका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्यायालयमाथि हस्तक्षेप भएको आरोप लगाएकी छन् । 

अदालतले दिएका आदेशहरू समेत गृह मन्त्रालयको निर्देशनमा रोकिने गरेको आरोप लगाउँदै उनले न्यायका सबै ढोका ढकढक्याउने चेतावनी दिएकी छन्।

उनले गृहमन्त्री रमेश लेखकको कार्यशैलीमाथि प्रश्न उठाउँदै उजुरीको ड्राफ्ट समेत गृहमन्त्रीकै कार्यकक्षमा तयार हुने गरेको आरोप लगाइन् ।

श्रीमानलाई भेट्न कारागार जाँदा समेत संगठनका मान्छेहरूले पछ्याउने गरेको भन्दै उनले आफूमाथि पनि निगरानी राखिएको गुनासो गरिन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् , ‘न्यायाधीशहरूलाई प्रधानमन्त्री, कानुनमन्त्री, गृहमन्त्रीबाट सिधा फोन जान्छ भन्ने कुरा पहिले विश्वास लाग्दैन थियो, तर अब आफैंले देखेपछि विश्वास गर्न बाध्य भएँ।’

सर्वोच्च अदालतले उस्तै प्रकृतिका मुद्दामा धरौटीमा छोड्नुपर्ने नजिर कायम गरिसकेको उल्लेख गर्दै उनले  रवि लामिछानेलाई भने थुनेको थुनै राखेको उल्लेख गरेकी छन् ।

उनले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत बुटवल जाने बताउँदै आवश्यक परे अन्तर्राष्ट्रिय अदालत पनि जाने चेतावनी दिएकी हुन्। न्यायका सबै ढोका ढकढक्याउने उनको भनाइ थियो । उनले आफ्ना श्रीमान् माथि लगाइएका सबै मुद्दाहरू गृहमन्त्री लेखकको कार्यकालपछिका भएको बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार