सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले #प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले
राजनीति

नेपाली राजनीतिमा विकृति मौलाउँदै गएको छ : उपसभापति गुरुङ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० साउन, २०८२ मा प्रकाशित
नेपाली राजनीतिमा विकृति मौलाउँदै गएको छ : उपसभापति गुरुङ
काठमाडौं, साउन ३० :

नेपाली काङ्ग्रेसका उपसभापति, पूर्वमन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा विकृति मौलाएको दाबी गरेका छन् ।

नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजित नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री गुरुङले पछिल्लो समय राजनीतिमा मौलाउँदै गएको विकृति सबै मिलेर चिर्नुपर्ने बताए । महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालका हरेक परिवर्तनमा सबै जातजाति समुदायको ठुलो योगदानले मात्रै परिवर्तन सम्भव भएको उल्लेख गर्दै अधिकार मागेर नपाइने दाबी पनि गरे ।

अब देशको मुख्य नेतृत्वमा मगरलगायत जनजातिले दाबी गर्न ढिला गर्न नहुने भन्दै उनले त्यसका लागि संगठन विस्तारमा लाग्न सबैलाई आग्रह गरे । उनले भने, ‘जनजातिहरुलाई सोझो जाति भनेर मख्ख पारेको छ, त्यहीँ मक्खमा पर्दा नेतृत्वमा पुग्न सकेनन्, अधिकार मागेर पाइने होइन खोसेर लिनुपर्छ ।’

इतिहासलाई एकपटक फर्केर हेर्ने र भविष्यको बाटो कोर्न तयार भएर अगाडि बढ्नुपर्ने बताउदै पार्टीभित्र अथवा पार्टीबाहिर अवसर त्यतिकै प्राप्त नहुने उनले दाबी गरे । हिजो अवसर पाउनेहरुले पनि योगदानका आधारमा अवसर प्राप्त गरेको र भोलि पनि योगदानकै आधारमा अवसर प्राप्त हुने भन्दै सबैलाई योगदान गर्न आग्रह गरे ।

जनजातितर्फ लक्षित गर्दै गुरुङले बन्दुक चलाउने हातले कलम चलाउन नजान्दा पछाडि परेको हुनसक्ने उल्लेख गर्दै सबैलाई चनाखो हुन आग्रहसमेत गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार