शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

तनहुँको एक विद्यालयमा स्मार्ट हाजिरी प्रणाली सुरु

· आइतबार, ३१ भदौ, २०८१ मा प्रकाशित
तनहुँको एक विद्यालयमा स्मार्ट हाजिरी प्रणाली सुरु
तनहुँ, भदौ ३१ :

तनहुँको आँबुखैरेनी गाउँपालिका- १ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ । 

तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग भएको हो । 

स्मार्ट हाजिरीको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्‌घाटन गर्नुभएको छ । एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवेयर स्मार्ट उपस्थिति प्रणालीले विद्यालयमा विद्यार्थीको उपस्थितिबारे अभिभावकलाई सूचना प्रदान गर्छ ।

विद्यार्थी गेटबाट भित्र छिर्ने बित्तिकै अभिभावकको मोबाइलमा आफ्ना बालबालिका विद्यालय पुगेको जानकारी पुग्छ र गेटबाट बाहिर निस्कँदा विद्यालयबाट बाहिरिएको सूचना अभिभावकको मोबाइलमा पुग्ने गरेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिनुभयो । 

आगामी वर्षदेखि कक्षा १२ सम्म यो प्रणाली जडान गरिने उहाँले बताउनुभयो। विद्यार्थीको परिचयपत्रमा चिप्स जडान गरिएकोले कक्षा छोडेर जाने सम्भावना हुँदैन। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार