मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर #एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर
समाचार प्रदेश बागमती प्रदेश कृषि

डीप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ

१३ आयोजना हस्तान्तरण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
डीप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ
चितवन, साउन ३१ :

भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज भरतपुर–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई आयोजना हस्तान्तरण गरिएको हो । ती आयोजनामार्फत करिब तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जनाइएको छ ।

वैकल्पिक सिँचाइ अभाव भएका क्षेत्रमा सेवा पुगोस् भन्ने उद्देश्यले आयोजना निर्माण गरिएको भूमिगत जल सिँचाइ आयोजना चितवनका कार्यालय प्रमुख विश्वबन्धु केसीले बताए । उनका अनसुसार हस्तान्तरण भएका आयोजना नर्मदेश्वर र मनकामना (भरतपुर–१५), रुखेनी (भरतपुर–१८), सङ्गम, सम्झौता र जुनतारा (भरतपुर–२१), पटिहानी पर्सा (भरतपुर–२२), ठाडोखोला, केरुङ, साँङ्गे र फाल्गुनी (भरतपुर–२३), भगौली (भरतपुर–२५) र झ्याउरेटाँडी (भरतपुर–२७) रहेका छन् ।

आयोजनामा करिब रु सात करोड ३२ लाख ७९ हजार ४४५ खर्च भएको छ । साथै कुल १९ हजार पाँच सय ३१ मिटर पाइपलाइन जडान गरिएको छ । यसले भरतपुरका खडेरीग्रस्त क्षेत्रमा डीप बोरिङमार्फत पानी आपूर्ति भई उत्पादनशील जमिन विस्तार गरेको छ ।

उपभोक्ता किसानले परियोजनाबाट खडेरी समयमा बाली लगाउन सहज भएको अनुभव बताएका छन् । पटिहानी पर्साका सेवाग्राही यमप्रसाद लामिछानेले आयोजना निर्माणले सिँचाइ समस्या समाधान भएको बताए । त्यस्तै, भरतपुर–१५ नर्मदेश्वर आयोजनाका मनिभद्र कँडेलले खडेरी जमिनमा पानी पुगेपछि किसान खुसी भएको उल्लेख गरे । फाल्गुनी र केरुङ्गा आयोजनाका सेवाग्राही अनिता वाइवा र कमलाकुमारी विश्वकर्माले भूमिगत जलस्रोतमार्फत अब खेतबारीमा सिँचाइको सुविधाले सहज भएको बताए ।

त्यस अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरका  पश्चिमी क्षेत्रमा सिँचाइ अभावले जनिम बाँझो हुने समस्या समाधान भएको बताए । उनले नारायणी लिफ्ट, खगेरी सिँचाइलगायतसँगै डिप बोरिङले थप सहजता ल्याएको उल्लेख गर्दै किसानलाई आवश्यक सहयोगमा महानगर सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार