सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

सुक्खा पहिरोले हेटौंडा-काठमाडौं सडक अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
सुक्खा पहिरोले हेटौंडा-काठमाडौं सडक अवरुद्ध
हेटौंडा, साउन ३१ :

सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अबरुद्ध भएको छ । 

हेटौंडा–-फाखेल–दक्षिणकाली काठमाडौं सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा आज विहान ९:३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।  

यस्तै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै ढुङ्गा र रुख खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छ्याउने काम भइरहेको उहाँको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार