काठमाडौं, भदौ १ :

बैंकिङ कसुरमा काठमाडौंको चन्द्रागिरिबाट गुन्डा नाइकेका रूपमा चिनिँदै आएका राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार बैंकिङ कसुर मुद्दामा उनलाई चन्द्रगिरि आसपासबाट आइतबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनको मुद्दा केही अघिकै भए पनि थप अनुसन्धानका लागि पक्राउ गरिएको हो ।