काठमाडौं, भदौ २ :

ललितपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भई अहिले ललितपुर महानगरपालिका २५ बस्ने ४६ वर्षीय मोटरसाइकल चालक मान सुनुवार छन् ।

ललितपुर महानगरपालिका ४, नख्खुमा सातदोबाटोबाट सानेपातर्फ जाँदै गरेको बा.२ख ६५३२ नम्बरको बस र भैंसेपाटीबाट भनिमण्डलतर्फ जाँदै गरेको बा.६१प ८३४७ नम्बरको मोटरसाइकल आइतबार बिहान ठोक्किएको हो ।

प्रहरीका अनुसार रूपन्देही सैनामैना नगरपालिका ४ का बस चालक पाना ढकाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।