काठमाडौँ, भदौ ३१ :

मध्य र पूर्वी युरोपका मुलुकहरु अहिले भारी वर्षा र बाढीको चपेटामा परेका छन् । हालैका दिनहरूमा मध्य र पूर्वी यूरोपमा भारी  वर्षा भइरहेको छ ।

रोमानियामा बाढीका कारण चार जनाको मृत्यु भइसकेको छ । देशको पूर्वमा बाढीले विनास निम्त्याएको छ । बाढीका कारण रोमानियामा हजारौं घरहरू ध्वस्त भएपछि विस्थापितका लागि शिविरहरू स्थापना गरेको र उद्धार कार्य  सुरु गरेको छ ।

चेक रिपब्लिक, पोल्याण्ड,  अस्ट्रिया, स्लोभाकिया र हंगेरीमा  बाढीको चेतावनी दिइएको छ । मानिसहरूलाई सुरक्षित स्थानमा सार्न सैन्य डुङ्गा र विमानहरू प्रयोग भइरहेका छन् ।

बाढीका कारण चेक रिपब्लिकको राजधानी प्रागमा बाढीका  कारण विभिन्न स्थानमा अवरोध भएको छ ।  पोल्याण्डका केही भागमा प्रभावित क्षेत्रका मानिसलाई अन्यत्र  सारिएको छ ।।