मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग #मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग
खेलकुद क्रिकेट

टप एण्ड टी–२० सिरिज : नेपाल तीनै खेलमा पराजित

मेलबर्नसँग ३१ रनले हार्‍यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ भदौ, २०८२ मा प्रकाशित
टप एण्ड टी–२० सिरिज : नेपाल तीनै खेलमा पराजित
डार्बिन, भदौ २ :

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत  आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । डार्बिनस्थित टिआइओ रङ्गशालामा आज भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको हो । यससँगै तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको थियो ।

आज मेलबर्न स्टार्स एकेडेमीले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनमा समेटियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनको त्यो अर्धसतक नेपालको जितको लागि प्रयाप्त भएन । उनले ४९ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ५३ रन जोडेका हुन् ।

त्यसैगरी कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ तथा कुशल मल्लले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । मेलबर्न स्टार्स एकेडेमीका लागि अस्टिन अन्लेजार्क र डग वारेनले समान दुई-दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । त्यसैगरी थोमस रोजर्सले ६५ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र शाहब आलमले समान एक-एक विकेट लिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार