
सर्लाही, भदौ २ :
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा स्कुल बस पल्टिँदा चालकसहित पाँचजना विद्यार्थी घाइते भएका छन्।
सोमबार गाउँबाट विद्यार्थी लिएर विद्यालयतर्फ लिएर आउँदै गरेको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा रहेको माउन्ट कन्चनजङ्घा बोर्डिङ स्कुलको ना. ५ ख. ७३७३ नम्बरको बस अनियन्त्रित भएर धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा बस चालक ३२ वर्षीय रामकरण महतो, विद्यार्थी सात वर्षीया सृष्टि साह, १० वर्षीय सोनुकुमार महतो, सात वर्षीया सनीकुमार महतो, नौ वर्षीया सोनमकुमारी महतो र १३ वर्षीया उषा महतो रहेका छन् ।
घाइतेहरूको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।