बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

धानखेतमा स्कुल बस पल्टियो, ५ विद्यार्थी घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ भदौ, २०८२ मा प्रकाशित
धानखेतमा स्कुल बस पल्टियो, ५ विद्यार्थी घाइते
सर्लाही, भदौ २ :

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा स्कुल बस पल्टिँदा चालकसहित पाँचजना विद्यार्थी  घाइते भएका छन्।

सोमबार गाउँबाट विद्यार्थी लिएर विद्यालयतर्फ लिएर आउँदै गरेको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा रहेको माउन्ट कन्चनजङ्घा बोर्डिङ स्कुलको ना. ५ ख. ७३७३ नम्बरको बस अनियन्त्रित भएर धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा बस चालक ३२ वर्षीय रामकरण महतो, विद्यार्थी सात वर्षीया सृष्टि साह, १० वर्षीय सोनुकुमार महतो, सात वर्षीया सनीकुमार महतो, नौ वर्षीया सोनमकुमारी महतो र १३ वर्षीया उषा महतो रहेका छन् ।

घाइतेहरूको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार