म्याग्दी, भदौ २ :

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुक्खा पहिरो जाँदा दुई जना मजदुरको मृत्यु भएको छ ।

रघुगङ्गा गाउँपालिका-४, दग्ना र वडा नं ५ झिँको सिमानामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा एक्कासि खसेको सुक्खा पहिरोमा परेर ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए।

मृत्यु हुनेमा सुजन बुढामगर र लालबहादुर सुनार रहेका छन् । मृतकको नाम खुले पनि ठेगाना र घाइतेको विवरण भने आउन बाँकी छ ।घाइते भएकाहरूको उपचारका लागि बेनी अस्पतालतर्फ ल्याइँदै छ ।