काठमाडौं, भदौ २ :

नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त  भएका छन् । 

अर्थमन्त्रीको निर्णय अनुसार अध्यक्षमा नियुक्त घिमिरे त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एम.ए र एम.पी.ए गरेका घिमिरे नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

२०८२ भदौ ०१ गतेको निर्णय अनुसार घिमिरेलाई अध्यक्षमा नियुक्त गरिएको हो । उनी यो क्षेत्रमा निकै अनुभवी व्यक्ति मानिन्छन् । केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा उनले काम गरिसकेका छन् ।